दुवै खुट्टा गुमाएका बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण

सगरमाथा आरोहणका लागि बेस क्याम्पमा मौसमको अनुकुलता पर्खंदै

नेपालभ्युज

दुवै खुट्टा गुमाएका बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण

काठमाडौं ।  पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गरेका हुन् ।   उनले गत अप्रिल १६ मा  बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गरेका हुन् ।

दुई पटक मेरा पिक चढीसकेपछि खुशी व्यक्त गर्दै  उनले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे । घुँडा भन्दा माथिबाट दुवै खुट्टा गुमाएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा छन् ।

अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका उनले शाहसिक पर्यटनमार्फत एक पछि अर्को रेकर्ड राख्दै आएका छन् । कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थालेका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्ति समेत हुन् । उनले चुलु फार इस्ट आरोहण, हिँडेर सगरमाथा आधार शिविर पुग्ने र सगरमाथा माथि स्काइ ड्राइभ गरेर किर्तिमान राखेका छन् ।

‘मैले यो सुन्दर हिमालको दोस्रो पटक आरोहण गरेको हुँ । कुनैपनि दोहोरो एम्प्युटीले यो पिक आरोहण गरेको छ जस्तो मलाई लाग्दैन । आफ्नो टोली एचएस्टी एड्भेञ्चर परिवार, साथीहरू र विश्वभरका सबै समर्थकहरूलाई धन्यवाद दिन चाहन्छु । उहाँहरु बिना यो सम्भव हुने थिएन’ उनले भने, ‘मेरा पिकको दोस्रो पटकको सफल आरोहणले मलाई सगरमाथा आरोहणका लागि थप उर्जा दिएको छ । अहिले म मेरो आरोहण दलसँग सगमाथा आरोहणको अन्तिम चरणमा मौसमको अनुकुलताको पर्खाइमा छु ।’

उनले मौसमले साथ दिने बित्तिकै आरोहणलाई अन्तिम नतिजा दिनेगरी तयारीमा बसेको बताए ।  ‘मेरो यो अभियान आफ्नो व्यक्तिगत नभइ सिंगो नेपाल र नेपालीको लागि पनि हो । यस अभियानमा तपाईंहरू सबैले मलाइ दिनुभएको माया, प्रेम, उत्प्रेरणाले नै सफलतातर्फ अगाडि बढिरहेको छु’ उनले भने, ‘सबैमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाल म राम्रो अवस्थामा रहेको जानकारी गराउन चाहन्छु ।’

बुढामगर सगरमाथा आरोहणका लागि मौसमको अनुकुलता पर्खिएर सगरमाथा आधार शिविरमा बसेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved