यसरी भाइरल भयो वडाध्यक्षले उपसचिवलाई नाकको डाँडी भाँचिने गरी हानेको पञ्च

वडाध्यक्षले ‘तपाईँको घरले अलिकति सडक छोएछ’ भन्छन्। स्वीकार गर्न तयार नभएका उपसचिव कार्कीले वडाध्यक्ष विष्टलाई धकेल्छन्। ‘तँ को होस् म चिन्दिन’ उपसचिव कार्कीले भन्छन्, ‘म उपसचिव हो।’ अनि आफूलाई उपसचिवले धकेलेको बदला लिन विष्टले उपसचिव कार्कीको नाकको डाँडी भाँचिने गरी पञ्च हान्छन्।

यसरी भाइरल भयो वडाध्यक्षले उपसचिवलाई नाकको डाँडी भाँचिने गरी हानेको पञ्च

सुर्खेत। ‘‘…लाज पचेका नकचराहरूलाई टुँडिखेलमा लगेर उडेर घुमाएर एक–एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी’’ खुबै चर्चामा थियो यो बाक्याश कुनै बेला। जुनबेला ‘सिधा कुरा जनता’सँग कार्यक्रम चलाउँथे अहिलेको प्रतिनिधिसभा सदस्य रवि लामिछाने।

अहिले उनले त्यतिबेला भनेजस्तै एउटा घटनाले सामाजिक सञ्जाल तताएको छ। घटना हो, सुर्खेतको वीरेन्द्रनगरपालिका वडा नं. ३ को। डेढदुई महिना अघि वडाध्यक्ष विनोदसिंह विष्टले कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उप–सचिव नेत्रबहादुर कार्कीमाथि नाकको डाँडी भाँचिने गरी हानिएको मुक्काले सामाजिक सञ्जाल निकै तताएको हो।

डेढ महिनाअघि भएको घटना अहिले सामाजिक सञ्जालमा आएपछि भाइरल छ। भिडिओमा हेर्दा सहजै अनुमान गर्न सकिन्छ कि वडाध्यक्ष र उप–सचिवले आआफ्नो पावरको प्रयोग गरेका छन्।

केही अघि उपसचिव कार्कीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ तातोपानी क्षेत्रमा घर बनाएका हुन्। उनले घर बनाउँदा सडक विस्तारको लागि आठ मिटर बाटो छोडेको दाबी गर्छन्।

सार्वजनिक भिडिओमा पहिला उपसचिव कार्कीले वडाध्यक्ष विष्टलाई हातले धकेलेका छन्। पछि स्थानीयले कुरा मिलाउन लाग्दा वडाध्यक्ष विष्टले उपसचिव कार्की मुक्का प्रहार गरेको देखिन्छ। त्यो पनि कडै तरिकाले। नाकमै मुक्का बज्रिएपछि उनी तल झरेका छन्।

भिडिओमा वडाध्यक्ष विष्ट सडक विस्तारका लागि प्राविधिक टोलीसहित उपसचिवले बनाएको घर नजिकै पुग्छन्। नापजाँचका लागि प्राविधिकहरूले उपसचिव कार्कीको घरको केही भाग सडकमा परेको देखिन्छ।

त्यो क्रममा वडाध्यक्षले ‘तपाईँको घरले अलिकति सडक छोएछ’ भन्छन्। त्यो स्वीकार गर्न तयार नभएका उपसचिव कार्कीले वडाध्यक्ष विष्टलाई धकेल्छन्। ‘तँ को होस् म चिन्दिन’ उपसचिव कार्कीले वडाध्यक्ष विष्टलाई भन्छन्, ‘म उपसचिव हो।’

जवाफमा विष्टले आफू वडाध्यक्ष भएको र बाटो विस्तारका लागि आएको बताउँछन्। विष्टले आफूमाथि हातपात भएको पुलिस बोलाउन अरुलाई भन्छन्। केहीबेर अरूले स्थिति सामान्य बनाउने प्रयास गर्छन्। तर, वडाध्यक्ष विष्टको रिस थामिदैन्। अनि उपसचिव कार्कीको नाकको डाँडी भाँचिने गरी पञ्च हान्छन्।

डेढ महिना अघि भएको घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा कसैले अपलोड गरेको रहेछ। उक्त घटनामा त्यति बेला नै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगी दुवै पक्षले मिलापत्रसमेत गराइसकेका छन्।

वडाध्यक्ष र उपसचिवबीच भएको विवादको उजुरी जिल्ला प्रहरी कार्यालयमा आएर मिलापत्र गरी दुवै पक्ष फर्किएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी लक्ष्मणबहादुर शाहीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved