फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

नेपालभ्युज

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थलमा प्रवेश गर्ने पासमा रोक लगाएको छ।

विनाप्रमाण त्रिभुवन विमास्थलमा उडानको क्रममा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएकाले प्राधिकणले कारबाही गरेको हो। कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्टभित्र जाने पास निष्क्रिय बनाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार चरा ठोक्किएको प्रमाण नदेखाई भ्रम फैलाउने काम गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको हो।

चरा ठोक्किएको प्रमाण प्राधिकरणलाई देखाउन नसकेपछि फ्लाई दुबईका प्रतिनिधिलाई विमानस्थल प्रवेशमा रोक लगाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved