मेन गेटमा बारको धर्ना, अर्को गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश

अदालतको मेन गेटमा नेपाल बार एशोसिएशनले धर्ना दिएकाले उनी वैकल्पिक गेटबाट सुरक्षा घेरामा रही अदालत छिरेका हुन्।

नेपालभ्युज

मेन गेटमा बारको धर्ना, अर्को गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतमा प्रवेश गरेका छन्।

अदालतको मेन गेटमा नेपाल बार एशोसिएशनले धर्ना दिएकाले उनी अर्को गेटबाट सुरक्षा घेरामा रही अदालत छिरेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश रोक लगाउने उद्देश्यसहित बारले अदालतको मुख्य गेटमा भर्ना दिएको हो।

बारले मध्यान्ह १२ बजेसम्म धर्ना दिने जनाएको छ। यसअघि, आजै अदालत परिसरमा बारको आन्दोलनरत टोलीसँग त्यहाँ उपस्थित अर्को समूहको झडपसमेत भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved