एसीसी प्रिमियर कप : वर्षाका कारण दुवै खेल प्रभावित, टस पनि हुन सकेन

मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदी अरेबियाबीचको खेल तथा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेटमा मैदानमा बहराइन र हङकङबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।

नेपालभ्युज

एसीसी प्रिमियर कप : वर्षाका कारण दुवै खेल प्रभावित, टस पनि हुन सकेन

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दुवै खेल प्रभावित भएको छ।

सोमबार मुलपानी क्रिकेट मैदानमा नेपाल र साउदी अरेबियाबीचको खेल तथा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेटमा मैदानमा बहराइन र हङकङबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।

आईतबार बेलुकी देखि जारी खण्डित वर्षाको कारण दुवै क्रिकेट मैदान भिजिएको छ। ९ बजे सुरु हुने पर्ने दुवै खेलकोे टस पनि प्रभावित भएकोे छ। थप वर्षाको सम्भावना देखिएसँगै खेल ढिला हुने देखिएको छ।

मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाल लगातार तेस्रो जित निकाल्दैँ सेमिफाइनलमा स्थान पक्का गर्ने योजनामा छ। यता, साउदी पनि आफ्नो सेमिफाइनल पुग्ने योजनालाई बलियो बनाउन चाहन्छ।

यसअघि सन् २०१२ मा एसीसी ट्रफि एलिटमा भएको नेपाल र साउदी अरेबियाबीचको खेलमा नेपालले जित निकालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved