एसीसी प्रिमियर कप : नेपाल र साउदी अरेबिया भिड्दै

एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज साउदी अरेबियाँसँग खेल्दैछ। खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने छ। नेपालले मुलपानी क्रिकेट मैदानमा पहिलो पटक खेल्न लागेको हो।

नेपालभ्युज

एसीसी प्रिमियर कप :  नेपाल र साउदी अरेबिया भिड्दै

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज साउदी अरेबियाँसँग खेल्दैछ। खेल बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने छ। नेपालले मुलपानी क्रिकेट मैदानमा पहिलो पटक खेल्न लागेको हो।

नेपालले यस प्रतियोगितामा खेलेका यसअघिका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ। पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।

साउदी अरेबियाले भने यसअघि खेलेका दुई खेल मध्ये एकमा जित र एकमा हार बेहोरेको छ। साउदी अरेबियाले कतारलाई पराजित गरेको थियो भने मलेसियासँग हार बेहोरेको थियो।

आज टियु क्रिकेट मैदानमा समुह बि अन्तर्गत बहराइन र हङकङबीच खेल हुने छ। हङकङले यसअघि खेलेका दुवै खेल जितेको छ। हङकङले युएई र सिंगापुरलाई पराजित गरेको थियो।

१० टोली सहभागी प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन्। समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved