काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा यूएईले सान्दार सिङ्गापुरमाथि हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको खेलमा यूएईले सिङ्गापुरलाई २०१ रनले पराजित गरेको हो।
४७२ रनको विशाल लक्ष्य पछ्याएको सिङ्गापुरले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा २७० रन बनायो। सिङ्गापुरको लागि मनप्रित सिंहले ६६ र थिलिपन ओमैदुराईले ५६ रनको योगदान गरे। मनप्रित र थिलिपनले अर्धशतक प्रहार गरे पनि जितको लागि भने पर्याप्त हुन सकेन।
यूएईको लागि भने आयान अफजल खान, कार्ति मैयप्पन र संचित शर्माले २–२ विकेट लिए तथा जुनेद सिद्दिकी, रोहन मुस्तफा र जहुर खानले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको यूएई ४९.५ ओभरमा ४७१ रनमा अलआउट भएको हो। यूएईको लागि वृत्य अरविन्द र कप्तान मुहम्मद वसिमले शतकीय पारी खेले। वृत्यले १३३ बलमा १७ चौका र ७ छक्का प्रहार गर्दै १७४ रन जोडे। मुहम्मदले भने ८२ बलमा ९ चौका र १६ छक्का प्रहार गर्दै १६० रनको योगदान गरे।
सिङ्गापुरको लागि अद्धित्य भार्गवले ४, रमेश कलीमुथुले ३, विनोथ बास्करणले २ तथा मनप्रित सिंहले १ विकेट लिए।
Facebook Comment
Comment