सुर्खेत। वैदेशिक रोजगारीका लागि भारतको बेंग्लोरमा रहेका मदन सार्की अचानक बिरामी भएर थलिएका छन् । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुका सार्कीको आर्थिक अवस्था कमजोर भएका कारणले भारतमा नै रहनु परेको हो ।
काम गर्दागर्दै एक्कासि ढलेका सार्कीको बेंग्लोरमा स्थानीय अस्पतालमा उपचार गर्दा ब्रेन टमुयर भएको खुलेको थियो ।
भारतको बेङलौर उपचार गराउँदा उनको टाउको अप्रेसन र उपचार खर्चमा कमाएको पैसा सकिएको सार्की छिमेकी बिन्द सार्कीले बताए । ‘मदनको आर्थिक अवस्था कमजोर नै थियो,’ उनले भने,‘अहिले भारतको अस्पतालमा उपचार गराइरहनुभएको छ ।’
सार्कीको एउटा हात, एउटा खुट्टा, नचल्ने बोल्न पनि नसक्ने अवस्था रहेको सार्कीको श्रीमती लालमती सार्की भुलले बताइन् । ‘उहाँ केही पनि बोल्न सक्नुहुन्न । मैले भारतमै कमाएर उहाँको औषधि उपचार र बच्चाहरू पाल्नुपरेको छ,’ उनले भनिन्,‘हामी कसरी नेपाल जाने त्यो पनि समस्या भएको छ ।’
तीन छोराछोरी र बिरामी श्रीमानको एक्लै हेरचाह गर्नुपरेको लालमतीले बताइन् । ‘नेपालमा बसी खानलाई जग्गा जमिन पनि छैन,’ उनले भनिन्,‘नेपालमा कसरी गएर पनि के गर्ने यहाँ बसेर मैले खान समस्या रहेको छ ।’
विपन्न दलित तथा गरिबका लागि सरकार विभिन्न प्याकेज ल्याउने गरेको विपन्न नागरिकका लागि सहायता कोष हुने गरेको भए पनि सार्कीका लागि केही नगरेको नरहरिनाथ गाउँपालिका–९ लालुका स्थानीय धर्मेन्द्र शाहीले जानकारी दिए ।
Facebook Comment
Comment