एसीसी प्रिमियर कप: नेपालले ओमानसँग खेल्दै, युएई र हङकङबीच पनि खेल हुने

नेपालभ्युज

एसीसी प्रिमियर कप: नेपालले ओमानसँग खेल्दै, युएई र हङकङबीच पनि खेल हुने

काठमाडौं। काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल आज ओमानसँग भिड्दैछ। समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। नेपालले उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। ओमानले कतारलाई ४० रनले हराएको थियो ।

च्याम्पियन टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले पनि सबै टोलीको ध्यान एसिया कपमा रहेको छ। एसिया कप छनोटको आधार समेत रहेकाले घरेलु मैदानमा च्याम्पियन बन्दै भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको सपना छ।
आजै मूलपानी मैदानमा समूह ‘बी’ अन्तर्गत युएई र हङकङबीच खेल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved