एसीसी प्रिमियर कप : मलेसियाको पहिलो जित

नेपालभ्युज

एसीसी प्रिमियर कप : मलेसियाको पहिलो जित

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा मलेसियाले पहिलो जित हासिल गरेको छ।

मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको हो।

साउदीले दिएको १५४ रनको लक्ष्य मलेसियाले १७२ बल बाँकी रहँदा २ विकेटको क्षतिमा पूरा गरेको हो। मलेसियाको लागि मुहम्मद अमिरले ५६ र विरन्दिप सिंहले ५१ रन बनाए।

मुहम्मदले ३८ बलमा ११ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। विरन्दिपले ३८ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक बनाए।

पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४६.२ ओभरमा १५३ रनमा अलआउट भएको हो। साउदी अरेबियाको लागि हसिब गफूरले ४० र अब्दुल वाहिदले ३६ रन जोडे।

साउदी अरेबियालाई प्याक गर्न मलेसियाको लागि खिजर हयातले ३, अन्वर रहमान, रिज्वान हैदर र मुहम्मद वकिफले २–२ तथा विरन्दीप सिंहले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved