एसीसी प्रिमियर कप : साउदी अरेबियाद्वारा मलेसियालाई १५४ रनको लक्ष्य

नेपालभ्युज

एसीसी प्रिमियर कप : साउदी अरेबियाद्वारा मलेसियालाई १५४ रनको लक्ष्य

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा साउदी अरेबियाले मलेसियालाई १५४ रनको लक्ष्य दिएको छ।

मलपानी क्रिकेट मैदानमा जारी खेलमा साउदी अरेबिया ४६.२ ओभरमा १५३ रनमा अलआउट भएको हो।

साउदी अरेबियाको लागि हसिब गफुरले ४० र अब्दुल वाहिदले ३६ रन जोडे।

साउदी अरेबियालाई प्याक गर्न मलेसियाको लागि खिजर हयातले ३, अन्वर रहमान, रिज्वान हैदर र मुहम्मद वकिफले २–२ तथा विरन्दिप सिंहले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved