एसीसी प्रिमियर कप : हङकङको विजयी सुरुवात, बाबरको शतक

नेपालभ्युज

एसीसी प्रिमियर कप : हङकङको विजयी सुरुवात, बाबरको शतक

काठमाडौं। हङकङले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मुलपानी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा हङकङले सिङ्गापुरलाई ८ विकेटले पराजित गरेको हो।

१७५ रनको लक्ष्य हङकङले २ विकेटको क्षतिमा ३३ ओभरमा पूरा गर्‍यो। हङकङका लागि बाबर हायातले बाबरले ९४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १०८ रनको अविजित पारी खेले।

यस्तै कप्तान निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाए। सिङ्गापुरका लागि अरित्रा दत्त र रमेश कालीमुथुले १–१ विकेट लिए।पहिले ब्याटिङ गरेको सिङ्गापुर ४२.१ ओभरमा १७४ रनमा अलआउट भएको थियो।

सिङ्गापुरको लागि अरित्राले ४९ र आर्यन मोदीलृ २१ रन जोडे। हङकङका लागि एहेसान खानले ४, यसिम मुर्ताजाले ३ तथा एजाज खान र आयुष शुक्लाले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved