सुर्खेत। सल्यान जिल्लामा माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वागचौर नगरपालिका–२ ठिनवाङखोलामा जाली भने क्रममा माथिबाट आएको माटोको ठिस्कोले पुर्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा वागचौर नगरपालिका–१ धारापानीका १७ वर्षीय नवीन केसीको मृत्यु भएको २५ वर्षीय राजन बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार दिउँसो ठिनवाङखोलामा तार जाली भर्न जेसीबीले खाडल खनिरहेको अवस्थामा काम गरी रहेका केसीलाई माथिबाट आएको माटोको ढिस्कोले पुरेको र गम्भीर घाइते केसीको बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताए ।
राजन बस्नेतको अवस्था सामान्य रहेको र जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जेसीबी चालक सल्यान शारदा नगरपालिका १३ का २५ वर्षीय सुमन योगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comment
Comment