नागरिकता नबोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति विमानस्थलबाटै फर्काइए

नेपालभ्युज

नागरिकता नबोकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति विमानस्थलबाटै फर्काइए
फाइल फोटो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद अर्याललाई नागरिकता नबोकी भारत जना लागेको भन्दै नेपाल वायुसेवा निगमले त्रिभुवन विमानस्थलबाट फर्काइदिएको छ।

उपसभापति अर्याल भारत जाँदै थिए। अर्यालले बोर्डिङपास लिने बेलामा नागरिकताको सट्टा राष्ट्रिय परिचय पत्र देखाएका थिए। विमानस्थलमा निगमका कर्मचारीले उनलाई त्यो परिचयपत्र मान्य नहुने बताउँदै विमान चढ्नबाट रोकेको हो ।

अर्याल शनिबार दिउँसो १ बजेर ४५ मिनेटको निगमको जहाजमार्फत भारतको बैंग्लोर जाँदै थिए।

बायोमेट्रिक सहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेको भन्दै अर्यालले आक्रोश पोखे पनि वायु सेवा निगमले भने भारतको हकमा नागरिकता नै अनिवार्य हुने भनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved