जापानी प्रधानमन्त्री फुमियोमाथि आक्रमणको प्रयास

नेपालभ्युज

जापानी प्रधानमन्त्री फुमियोमाथि आक्रमणको प्रयास

टोकियो। जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ ।
वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।

प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनीलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ ।तिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो ।

आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन ।

एकजना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दै केही फ्याँकेको देखेको तथा केही क्षणमै धुवाँको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको थियो । बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखिन्छ ।

प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोशी मोरियामाले लोकतन्त्रको आधारस्तम्भ सुदृढ बनाउने चुनावी अभियानमा यस्ता घटना हुनु खेदजनक भएको बताउँदै त्यसलाई उनले अक्षम्य अपराध भनेका छन् ।

जापानमा हिंसात्मक घटना विरलै हुने गरेका छन्, तर गत वर्ष चुनावी अभियानका क्रममा पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट हत्या भएपछि राजनीतिक दलका नेतामा सुरक्षा चिन्ता बढेको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved