माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्यु आर भुक्तानी सेवा सुचारु

नेपालभ्युज

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्यु आर भुक्तानी सेवा सुचारु

काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ।

यो सेवा सुचारु भए संगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाट-भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन्।

रेमिट्याप वालेट मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सीयल स्वीच मार्फत कारोवारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved