भारतमा आपसहित ६ वटा मात्रै राष्ट्रिय पार्टी, सीपीआइसहित तीनवटाको मान्यता गुम्यो

दिल्ली र पञ्जाबमा सरकार चलाइरहेको आपले गोवामा समेत ६% भन्दा बढी भोट प्राप्त गरेको थियो । गुजरात विधानसभा निर्वाचनमा १३ प्रतिशत मत प्राप्त गरे पछि आम आदमी पार्टीले पहिलो पटक राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेको हो ।

नेपालभ्युज

भारतमा आपसहित ६ वटा मात्रै राष्ट्रिय पार्टी, सीपीआइसहित तीनवटाको मान्यता गुम्यो

काठमाडौं । भारतको निर्वाचन आयोगले राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलको सूची अध्यावधिक गरेको छ। नयाँ सूची अनुसार २ हजार ५५८ राजनीतिक दलमध्ये ६ वटाले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाएका छन् ।

भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस, बहुजन समाजवादी पार्टी, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी), नेशनल पिपल्स पार्टी र आम आदमी पार्टी (आप) राष्ट्रिय दल बनेका हुन् । आपले पहिलोपटक राष्ट्रिय पार्टीको मान्यता पाएको हो ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेतृत्वको तृणमूल कांग्रेस, शरद पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी र भारतीय कम्युनिष्ट पार्टी (सीपीआई ) को मान्यता भने गुमेको छ ।

भारतमा राजनीतिक दललाई राष्ट्रिय पार्टी, क्षेत्रीय पार्टी र गैरमान्यताप्राप्त गरी ३ भागमा वर्गिकरण गर्ने प्रचलन छ । पछिल्लो सूची अनुसार ५९ दलले क्षेत्रीय पार्टीको मान्यता पाएका छन् भने गैरमान्यता प्राप्त दलको सूचीमा २७९६ पार्टी छन् ।

भारतमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न कम्तीमा ४ वटा प्रदेशमा लोकसभा तथा विधानसभा निर्वाचनमा ६% भन्दा बढी भोट प्राप्त गर्नु पर्ने हुन्छ । दिल्ली र पञ्जाबमा सरकार चलाइरहेको आपले गोवामा समेत ६% भन्दा बढी भोट प्राप्त गरेको थियो । गुजरात विधानसभा निर्वाचनमा १३ प्रतिशत मत प्राप्त गरे पछि आम आदमी पार्टीले पहिलो पटक राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेको हो ।

क्षेत्रीयस्तरका केही ठूला दल उत्तरप्रदेशको सपा, बिहारका आरजेडी र जेडियू, महाराष्ट्रको शिव सेना, बंगालको तृणमुल कांग्रेस, तमिलनाडुका डिएमके र एआइएडिएमके जस्ता दल पनि राष्ट्रिय पार्टी बन्न सकेनन् । यिनीहरुले क्षेत्रीय पार्टीको मान्यता पाएका छन् ।

पहिलोपटक राष्ट्रिय पार्टीको मान्यता प्राप्त गरेकोमा आपका प्रमुख तथा दिल्लीमा मुख्यमन्त्री अरबिन्द केजरीवालले खुशीयाली व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्–‘यति छोटो समयमा राष्ट्रिय पार्टी ? यो कुनै चमत्कारभन्दा कम हैन । सबैलाई धेरैधेरै धन्यवाद । देशका करोडौं मानिसले हामीलाई यहाँसम्म पुर्याए । जनतामा हामीप्रति धेरै आशा छ । आज जनताले निक्कै ठूलो जिम्मेवारी दिएका छन् । हे, प्रभु, हामीलाई यो आर्शिवाद दिनुस की यो जिम्मेवारी राम्रोसँग पूरा गर्न सकौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved