७७ वर्ष उमेरमा नागरिकता

७७ वर्ष उमेरमा नागरिकता

सुर्खेत। कालीकोट जिल्लामा एक वृद्धले ७७ वर्षको उमेर नागरिकता लिएका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिका–४ गोठीका कृष्ण कामीले ७७ वर्षको उमेरमा नागरिकता लिएका हुन्।

कृष्णले आइतबार जिल्ला प्रशासन कार्यालय कालीकोटमा पुगेर नेपाली नागरिकता लिएका छन्। वि.सं. २००२ वैशाख १० गते जन्मिएका कामी ६० वर्ष उमेर पुगेदेखि सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता पाएका थिए । तर, नागरिकता नपाउनु भएको उनका भतिजा जंगे कामीले बताए ।

‘अहिलेसम्म नागरिकता नहुँदा सामाजिक सुरक्षाको रकम पाउनुभएन ।’ उनले भने,‘विगतमा नागरिकता नहुँदा पनि सामाजिक सुरक्षा भत्ता पाउनुहुन्थ्यो । तर, बीचमा सामाजिक सुरक्षा भत्ता रोकियो ।’

बुबा अम्मरे कामी र आमा पृर्थी कामीका पाँच छोरी र पाँच छोरामध्ये कृष्ण साइला छोरा भएको र बुवा आमा सानैमा गुमेकाले एक्लो रहँदै आएका उनका भतिजा जंगेले बताए।

गरिबी र अशिक्षाले गर्दा रोजगारीको लागि १५ वर्षको उमेरमै भारतको मुम्बई जानुपरेकाले नागरिकता पाउनु नसकेको कृष्ण कामीले बताए। ‘नागरिकता नहुँदा हरेक काममा समस्या आउने रहेछ । नागरिकता पाएँ । धेरै खुसी छु ।’ उनले भने,‘बल्ल खुसीको सास फेर्न पाएँ । अब सामाजिक सुरक्षा भत्तालगायतका अन्य कुरामा सहज हुन्छ।’

दुर्गम गाउँमा जन्मिएका कारणले आफू पहिलोपटक सदरमुकाममा आएको कृष्णले बताए । ‘आउन एक दिन लाग्छ । नागरिकताका लागि मात्रै पनि सदरमुकाम आउने कुरा भएन । अरु काम केही परेन।’ उनले भने,‘म पहिलोपटक सदरमुकाम आएको हुँ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved