काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले पहिलो जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
पुलिसको लागि मोसेस र बुद्ध बल तामाङले गोल गरे। फ्रेन्ड्सको लागि भने टोरिक जेब्रिनले गोल फर्काए। खेलको ५१औं मिनेटमा मोसेसको गोलले पुलिसले अग्रता लियो। ५८औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए।
८७औं मिनेटमा टोरिकले फेन्ड्सको लागि गोल गर्दै खेललाई २–१ मा पुर्याए। ९०औँ मिनेटमा बुद्धले नेपाल पुलिसको लागि तेस्रो गोल गरे।यस्तै, चर्च ब्वाइज युनाइटेड र एपीएफ क्लबबीचको खेल बराबरीमा सकियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफबीचको खेलमा गोलरहित बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले १–१ अंक पाएका छन्।
Facebook Comment
Comment