काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका छन्।
सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री डा. महतले आर्थिक वृद्धि र उद्योग व्यवसायको विस्तार निजी क्षेत्रको काँधमा भएको भन्दै निजी क्षेत्र चलायमान नभएसम्म आर्थिक वृद्धि र राजश्व वृद्धि सम्भव नभएको बताएका हुन्।
आर्थिक गतिविधिलाई चालयमान बनाउन राज्यको लगानीले मात्रै नपुग्ने बताउँदै उनले बाह्य र स्थानीय लगानीलाई प्रवर्द्धन नगरी आर्थिक समृद्धिको लक्ष्य पूर्ति हुन नसक्ने दाबी गरे।
उनले निजी क्षेत्र सरकारको साझेदार भएको भन्दै राज्य र निजी क्षेत्रको साझेदारीमा मात्रै अर्थतन्त्र अगाडि बढाउन सकिने बताए। यसैगरी, अर्थमन्त्री महतले सरकार सामाजिक सेवा र पूर्वाधारको विकासमा मुख्यरूपमा केन्द्रित हुने बताउँदै सरकार पुँजीगत खर्चलाई प्रभावकारी ढङ्गमा खर्च गर्न प्रतिबद्ध रहेको समेत बताए ।
उनले आगामी बजेटमा निजी क्षेत्रको सल्लाह सुझावअनुसार काम गर्ने बताएका छन्।
Facebook Comment
Comment