बुर्किना फासो : गाईभैँसी चोरीपछि सुरु भएको गोली हानाहानमा ४४ जनाको मृत्यु

उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।  गाईभैँसी चोरी भएको विषयबाट नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा  दुई हमला सुरु भएका थिए।

नेपालभ्युज

बुर्किना फासो : गाईभैँसी चोरीपछि सुरु भएको गोली हानाहानमा ४४ जनाको मृत्यु

एजेन्सी। उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।  गाईभैँसी चोरी भएको विषयबाट नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा  दुई हमला सुरु भएका थिए।

कुन पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन, तर यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ। अधिकारीहरूले यसको लागि सशस्त्र आतंकवादी समूह लाई दोष दिएका छन्।

चरमपन्थी संगठन अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थी समूहहरू यस क्षेत्रमा सक्रिय छन्। यस हमलामा गाउँका धेरै मानिस घाइते भए पनि उनीहरुको संख्या भने खुल्न सकेको छैन । गभर्नरले यस क्षेत्रमा स्थायित्व ल्याउन प्रयास भइरहेको बताए ।

गाउँका एक बासिन्दाले एएफपी समाचार एजेन्सीलाई बताए अनुसार धेरै संख्यामा आतंककारीहरू गाउँमा प्रवेश गरेर रातभर गोली चलाएका थिए । एएफपीले रिपोर्ट गरेको छ कि यी आक्रमणहरू केही दिन अघि गाईवस्तु चोर्न खोजेका दुई जिहादीहरूलाई मारिएपछि भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved