इराक र साउदी अरबबीच करिब ३३ वर्षपछि सिधा हवाई उडान

नेपालभ्युज

इराक र साउदी अरबबीच करिब ३३ वर्षपछि सिधा हवाई उडान

एजेन्सी। इराक र साउदी अरबबीच ३३ वर्षपछि सिधा हवाई उडान भएको छ ।

अरब न्युजका अनुसार इराकबाट उडेको विमान बुधबार जेद्दाको किंग अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । साउदी प्रेस एजेन्सीका अनुसार इरबिलबाट उडेको फ्लाइनसको उक्त विमानमा १ सय ७४ जना यात्रु थिए ।

अब यो सस्तो साउदी उडान हप्तामा दुई पटक बुधबार र आइतबार इराक जानेछ। फ्लाईडल र साउदी एयरलाइन्सले पनि यसै वर्षको मेदेखि इराकमा सिधा उडान सुरु गर्ने तयारी गरिरहेका छन् ।

सन् १९९० पछि दुई देशबीच सिधा उडान सुरु भएको हो । यसलाई साउदी-इराकी समन्वय परिषद र साउदी युवराज मोहम्मद बिन सलमानको प्रयासको परिणामका रुपमा लिइएको छ ।

सीधा उडानले दुई देशबीचको आर्थिक साझेदारीलाई मजबुत बनाउन, लगानी अभिवृद्धि र व्यापारमा सुधार ल्याउन मद्दत पुग्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved