काबुलको बेलायती दूतावासमा काम गरेर लण्डन पुगेका १३ जना नेपालीलाई देश निकाला गर्ने तयारी

सन् २०२१ मा अफगानिस्तानमा तालिवानको शासनकालमा उद्धार गरी बेलायत लगिएका नेपाली सुरक्षा गार्डको समूहलाई बेलायत सरकारले त्यहाँ बस्न नदिने भएको छ ।

नेपालभ्युज

काबुलको बेलायती दूतावासमा काम गरेर लण्डन पुगेका १३ जना नेपालीलाई देश निकाला गर्ने तयारी
सन् २०२१ मा काबुलबाट बेलायत जाने क्रममा केहि नेपालीहरु ।

एजेन्सी । सन् २०२१ मा अफगानिस्तानमा तालिवानको शासनकालमा उद्धार गरी बेलायत लगिएका नेपाली सुरक्षा गार्डको समूहलाई बेलायत सरकारले त्यहाँ बस्न नदिने भएको छ ।

उद्धार गरेर बेलायत पुर्‍याएको १९ महिनापछि १३ जना नेपालीलाई बेलायत सरकारले देश निकालाको तयारी गरेको बीबीसी हिन्दीले जनाएको छ । गोर्खा भनेर चिनिने १३ नेपाली सैनिकको यो समूहले काबुलस्थित बेलायती दूतावासको सुरक्षामा काम गर्दथ्यो ।

यी नेपाली नागरिकको उमेर ३७ देखि ६० वर्षसम्म रहेको बताइएको छ । तिनीहरू सबै एक निजी सुरक्षा फर्ममा काम गर्थे । जसलाई काबुलमा बेलायत र क्यानाडाली दूतावासहरूको सुरक्षाको जिम्मेवारी दिइएको थियो।

अगस्ट २०२१ मा अफगानिस्तानको राजधानी काबुल तालिवानको नियन्त्रणमा आएपछि ब्रिटिश सेनासँग काम गरेका हजारौं अफगान र सरकारी कर्मचारीहरूलाई काबुलबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो । गत हप्ता लन्डनको एक बाट १० जनालाई हथकडी लगाएर लगिएको केहि गोर्खाका वकिलहरूले बताएका छन् ।

उनीहरु सबै होटलमा बस्दै त्यहाको भान्छामा काम गरिरहेका थिए । गत हप्तादेखि उनीहरु सबैलाई हिथ्रो एयरपोर्ट र ग्याटविक वरपरको इमिग्रेसन रिमुभल सेन्टरमा राखिएको छ ।

यी सबैलाई वैशाख ६ गते देश बाहिर पठाइने विश्वास गरिएको छ । तर यी १३ जनालाई बेलायतमा बस्ने कानूनी अधिकार रहेको यी सैनिकका वकिलहरूले बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved