सिक्किमको हिमपहिरोमा परेर ३ जना नेपालीको ज्यान गयो, ३ जनाको उपचार चल्दै

नेपालकै गीता सापकोटा, ज्योती गुरुङ् र रमेश खनालको घाइते अवस्थामा उपचार भइरहेको छ । हिम पहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेका थिए ।

नेपालभ्युज

सिक्किमको हिमपहिरोमा परेर ३ जना नेपालीको ज्यान गयो, ३ जनाको उपचार चल्दै

एजेन्सी। भारतको  सिक्किममा मङ्गलबार हिमपहिरोमा परेर तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ ।  हिम पहिरोमा परेर ७ जनाको ज्यान गएकोमा ३ जना नेपाली रहेको ग्यानटकका जिल्ला अधिकारीले पुष्टि गरेका हुन् ।

सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको हो ।

नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन्। तीनै जना नेपालीको शव ल्याउने तयारी भइरहेको छ ।

यस्तै, नेपालकै गीता सापकोटा, ज्योती गुरुङ् र रमेश खनालको घाइते अवस्थामा उपचार भइरहेको छ । हिम पहिरोका कारण ४ सयभन्दा बढी पर्यटक र एक सयभन्दा बढी सवारी साधन फसेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved