काठमाडौं। वरिष्ठ अधिवक्ता बलराम केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालय सुधारको पर्याप्त मौका पाए पनि काम नगरेको आरोप लगाएका छन्। नेपाल बार एशोसिएशनले आज (मंगलबार) न्यायपालिकाको वर्तमान संकट र निकास विषयक छलफल कार्यक्रममा वरिष्ठ अधिवक्ता केसीले उनी अब नसुध्रने आरोप समेत लगाए।
उनले भने, “प्रधानन्यायाधीशको लागि चार वर्षको कार्यकाल थियो। न्यायालय सुधार गर्ने मौका पाएका थियो। तर, उहाँले गरेनन्। पदको मिस युज गर्नुभयो। ‘रंङ म्यान इन द राइट पोजिसन’ भएको भन्ने लागिरहेको छ।”
प्रधानन्यायाधीशले संवैधानिक परिषद्मा भागबन्डा खोजेको भन्दै केसीले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू नगरेकोमा असन्तुष्टि जनाए। ‘‘संवैधानिक परिषद्मा प्रधानन्यायाधीश राख्नुको मतलब भागबन्डा लिने भन्ने होइन। नियुक्तिमा प्रस्तावमा आएका मानिसको बारेमा उहाँले खोजेर मात्रै दस्तखत गर्ने हो, तर उहाँले भागबन्डा खोज्नुभयो। न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गरिदिएको भए हुन्छ। तर गरिदिनु भएन ’’ उनले भने।
प्रधानन्यायाधीशको पद निजामती पद नभएको भन्दै केसीले आफ्नो पदावधि यति समयसम्म भन्दै बस्न जबरा पदमा बस्न नमिल्ने बताए। उनले भने ‘‘प्रधानन्यायाधीशको आँखा र मनमा एमआरआइ र सीटी स्क्यान हुन्छ। तर चोलेन्द्रको आँखामा त्यो छैन। उहाँमाथि लागेको चार्जहरू हेर्दा नै उहाँलाई विश्वास गर्न सकिने अवस्था छैन। देशको प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट हटाऊ भन्न मिल्दैन। मुद्दाहरू पेन्डिङमा छ। राजीनामा दिएर बाटो खुलाइदिनु पर्यो।’’
महाअभियोग दर्ता भएमा फेरि प्रधानन्याधीश शक्तिशाली हुने उनको टिप्पणी थियो। महाअभियोग प्रस्ताव भएमा फेल हुने र फेरि जबरा शक्तिशाली भएर आउन सक्ने बताए।
Facebook Comment
Comment