रविले उम्मेदवारी दिएलगतै सर्वोच्चमा मुद्दा: महान्यायाधिवक्ताको निर्णय सच्याउन माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दर्ता गराएलगतै उनी विरुद्ध राहदानी दुरुपयोग मुद्दामा छानबिन गर्नुपर्ने माग गर्दै मुद्दा दर्ता भएको छ।

नेपालभ्युज

रविले उम्मेदवारी दिएलगतै सर्वोच्चमा मुद्दा: महान्यायाधिवक्ताको निर्णय सच्याउन माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा उम्मेदवारी दर्ता गराएलगतै उनी विरुद्ध राहदानी दुरुपयोग मुद्दामा छानबिन गर्नुपर्ने माग गर्दै मुद्दा दर्ता भएको छ।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने दिन महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरेका थिए।

युवराज सफलले सोमबार दिउँसो महान्यायाधिवक्ताको सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए। उक्त रिट सर्वोच्च प्रशासनले दर्ता गर्ने भएको छ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले भने,‘आज दर्ता भएको रिटमा भोलि पहिलो सुनुवाइ हुन्छ।’’

चैत ६ गते महान्यायाधिवक्ता पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved