काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन्।
बिहीबार खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। भेटका क्रममा खनालले आफ्नो उपचारका लागि सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
त्यस्तै देउवाले वर्तमान गठबन्धनका सरकारले सबैलाई समेट्ने र देश र जनताका लागि काम गर्ने बताएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि २ असारमा उपचारका लागि भारत गएका खनाल सोमबार स्वदेश फर्किएका थिए।
यसअघि आज बिहान प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएका थियो। सरकारलाई पूर्णता दिने र साझा रणनीति बनाउने विषयमा छलफलमा भेटघाट केन्द्रित थियो।
Facebook Comment
Comment