बल्खुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा अध्यागमनका अधिकृतको मृत्यु

नेपालभ्युज

बल्खुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा अध्यागमनका अधिकृतको मृत्यु

काठमाडौं ।  बल्खुमा मालवाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो करिव १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका पाण्डेलाई  वयोधा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागमा शाखा अधिकृतका रुपमा  कार्यरत थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved