काठमाडौं। कोशी प्रदेश ललितपुर मेयर्स कप महिला टी–२० प्रतियोगिताको फाइनलमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा कोशीले मधेस प्रदेशलाई ६२ रनले पराति गरेको हो।
१०६ रनको लक्ष्य पछ्याएको मधेसले पूरै ओभर खेल्दा ९ विकेटको क्षतिमा ४३ रन बनायो। मधेसका लागि सरस्वती कुमारीले सर्वाधिक १० रन बनाइन्। अन्य खेलाडीको प्रदर्शन भने राम्रो हुन सकेन। कोशीको लागि भने कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २–२ विकेट लिए।
पहिले ब्याटिङ गरेको कोशीले पूरै ओभर खेल्दा ६ विकेटको क्षतिमा १०८ रन बनायो। कोशीका लागि रुविना क्षेत्रीले ३९ र काजल श्रेष्ठले २२ रनको योगदान गरे। मधेसको लागि अमिरन निशा, सन्तोषी चौधरी र अमिशा पटेलले २–२ विकेट लिए।
बिहीबार हुने फाइनलमा कोशी र एपीएफ आमने-सामने हुनेछन्।
Facebook Comment
Comment