देशभरको मौसम घमाइलो, केही ठाउँमा बेलुकापख पानी पर्ने

नेपालभ्युज

देशभरको मौसम घमाइलो, केही ठाउँमा बेलुकापख पानी पर्ने
फाइल तश्वीर

काठमाडौं । आज देशभरको मौसम सफा रहेको छ । विहानैदेखि देशका सबैजसो ठाउमा मज्जाले घाम लागेको छ ।

पहाडी केही क्षेत्रमा मौसम सामान्य बदली रहे पनि सामान्यतया मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अबको केहीदिन मौसम यस्तै रहने अनुमान छ ।

तीन दिनको मौसम पूर्वानुमान अनुसार तत्काल पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नरहेको महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँ र हिमाली क्षेत्रमा बेलुकापख हल्का वर्षाको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved