टिपर दुर्घटना हुँदा चालकको मृत्यु

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत। सुर्खेतमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १ को तारेभीर नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

ल्यान्ड फिल साइट जाने सडक निर्माणको क्रममा ढुंगा बोकेर जाँदै गरेको टिपर पल्टिँदा वीरेन्द्रनगर नगरपालिका –२ निवासी चालक ३२ वर्षीय उमेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

भे. १ ख २२०५ नम्बरको टिपर आइतबार दिउँसो सडक किनारामै पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved