८ महिनामा ३० करोड रुपैयाँको सिमेन्ट भारत निर्यात

नेपालभ्युज

८ महिनामा ३० करोड रुपैयाँको सिमेन्ट भारत निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा साढे ३० करोडको सिमेन्ट भारत निर्यात भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्ममा १९ करोड ४१ लाखको क्लिंकर र ११ करोड १४ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको हो ।

फागुनमा मात्रै थप १३ करोड ८५ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको छ । तानसेन ब्रान्डको सिमेन्ट गत वर्षको असारदेखि भारत निर्यात हुन थालेको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत निर्यातमा प्रोत्साहन दिने नीति लिएपछि सिमेन्ट निर्यातको वातावरण बनेको हो ।

नेपालमै क्लिंकर उत्पादन हुन थालेपछि लागत पनि कम पर्न थालेको थियो । त्यसपछि असारमै तानसेनले निर्यात थाल्यो । गत वर्ष नै निर्यात परिणाम केही बढेको थियो ।

अघिल्लो वर्ष ८३ हजार रुपैयाँको सिमेन्ट निर्यात भएकोमा गत वर्ष १२ लाख ९३ हजार रुपैयाँको निर्यात भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved