बेलारुसमा आणविक हतियार तैनाथ गर्ने पुटिनको घोषणा, युरोप र अमेरिका सशंकित

पुटिनको घोषणापछि युरोप र अमेरिका सशंकित भएका छन् । उनिहरुले रुसको कदमको विरोध गर्दै नेटोको बैठकमा छलफल गर्ने जनाएका छन् ।

नेपालभ्युज

बेलारुसमा आणविक हतियार तैनाथ गर्ने पुटिनको घोषणा, युरोप र अमेरिका सशंकित

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो छिमेकी र मित्र देश बेलारुसमा रुसी आणविक हतियार तैनाथ गर्ने बताएका छन् ।

राष्ट्रपति पुटिनले युरोपमा धेरै ठाउँमा आफ्नो आणविक हतियार राखेको अमेरिकाको तुलनामा आफ्नो यो कदम आणविक निशस्त्रीकरण सम्झौताको उल्लङ्घन नहुने बताएका बीबीसीले जनाएको छ ।

यद्यपि उनले यो हतियारको नियन्त्रण रुसले बेलारुसलाई नदिने पनि बताए । शनिबार पुटिनले रुसी सरकारी टेलिभिजनलाई बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले रूसले बेलारुसमा पनि आफ्ना आणविक हतियार राख्नु पर्ने कुरा लामो समयदेखि भन्दै आएको दाबी गरे ।

उनले भने, “यसमा कुनै अनौठो कुरा छैन। अमेरिकाले दशकौंदेखि युरोपमा आणविक हतियार केन्द्र राखेको छ। उसले आफ्ना सहयोगीहरूको भूमिमा रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरू तैनाथ गरिरहेको छ।”

पुटिनले बेलारुसमा सामरिक हतियार भण्डारणका लागि निर्माण भइरहेको भण्डारण इकाईको काम यसै वर्षको जुलाई १ सम्ममा सम्पन्न गर्ने बताएका छन् । उनले रूसले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न आवश्यक पर्ने केही इस्कन्डर मिसाइल प्रणाली बेलारुसमा पठाइसकेको बताए।

सन् १९९० को मध्यपछि रुसले आफ्नो देशबाहिर आफ्नो मित्र राष्ट्रमा आणविक हतियार तैनाथ गरेको यो पहिलो पटक हो। सन् १९९१ मा सोभियत संघको विघटनपछि रुस, युक्रेन, बेलारुस र काजाकस्तान – चार नयाँ स्वतन्त्र राष्ट्रहरूमा रुसी हतियारहरू बाँकी थिए। यी सबै हतियार रुस ल्याउने काम सन् १९९६ मा सम्पन्न भएको थियो ।

बेलारुस रुसको महत्वपूर्ण सहयोगी मानिन्छ। रुस-युक्रेन युद्ध सुरु भएदेखि नै उसले रुसलाई समर्थन गर्दै आएका छन् ।

पुटिनको घोषणापछि युरोप र अमेरिका सशंकित भएका छन् । उनिहरुले रुसको कदमको विरोध गर्दै नेटोको बैठकमा छलफल गर्ने जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved