रातभर देशका धेरै ठाउँमा झरी पर्‍यो, आज पनि वर्षाको सम्भावना

गएराती देशका धेरै ठाउँमा झरी परेको छ । बर्खाको झल्को दिनेगरी रातभर धेरै ठाउँमा झरी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालभ्युज

रातभर देशका धेरै ठाउँमा झरी पर्‍यो, आज पनि वर्षाको सम्भावना
सांकेतिक तस्वीर

काठमाडौं। गएराती देशका धेरै ठाउँमा झरी परेको छ । बर्खाको झल्को दिनेगरी रातभर धेरै ठाउँमा झरी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि मनसुनको समयमा पनि साउन भदौमा जस्तो रातभर झरी पर्नुलाई मौसमविद्ले नै अचम्मको रुपमा लिएका छन् ।

आज मंगलबार पनि देशभर बदली भएर धेरेजसो ठाउँमा पानी पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती  देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved