पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज विजयी

नेपालभ्युज

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज विजयी

काठमाडौं । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्वियुका विराज अर्याल विजयी भएका छन्। उनले ६६९ मत ल्याएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका अजयकुमार मण्डलले ६०२ मत मात्र ल्याए ।

सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान ४४७ मतसहित विजयी भए ।

२६ सय ९९ मतदाता रहेको सो क्याम्पसमा  २३ सय ४१ जनाले मतदान गरेका थिए।

यहाँ  शंकर पन्थी, युरिका वन तथा नविन खनाल सभापतिका लागि चुनावी मैदानमा थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved