टीआरसी विधेयकबारे के भन्छन् प्रमुख दलहरू ?

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ आइतबार बस्ने संसद् बैठकमा पेश गर्ने कार्यसूची छ ।

नेपालभ्युज

टीआरसी विधेयकबारे के भन्छन् प्रमुख दलहरू ?

काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ आइतबार बस्ने संसद् बैठकमा पेश गर्ने कार्यसूची छ ।

त्यसको पूर्वसन्ध्यामा सभामुख देवराज घिमिरले ‘संसद्‌लाई कसरी प्रभावकारी बनाउन सकिन्छ ?’ भन्नेबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठकपछिप्रमुख दलका नेताहरूले विधेयकबारे बोलेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले विधेयकबारे संसदीय समितिमा छलफल हुनुपर्ने बताएको छ । एमाले प्रमुख सचेतक पदम गिरिले भनेका छन्, ‘यो विषय यहाँ पेस भइसकेपछि यसमा विभिन्न ढंगले छलफल हुन्छन्, संशोधन हुन्छ, त्यसमा छलफल हुँदै जान्छ । तर, समितिमा गएर व्यापकरूपमा छलफल हुनुपर्छ ।’

संसद्‌बाट हतारका साथ पारित गरेर जान नहुने भनाइ प्रमुख सचेतक गिरिको छ ।’अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ । यसमा विशेष जोड दिएर गम्भीर बनेर जानुपर्छ । यत्तिकै हलुकारूपमा अघि बढ्नु हुँदैन,’ उनले भनेका छन् ।

यस्तै नेपाली कांग्रेसले विधेयक राष्ट्रिय मुद्दा भएको र त्यसमा छलफल हुनुपर्ने बताएको छ । ‘बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अघि बढ्दैछ, संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी विधेयक अघि बढ्दैछ । प्रतिनिधि सभा नियमावलीलाई सैद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्ने कुरा भएको छ । बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा राजनीतिक दल विशेषको विषय होइन, यो राष्ट्रिय विषय हो । यसमा आवश्यक छलफल गर्नुपर्छ र पारित गर्नुपर्छ,’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भनेका छन् ।

त्यसअघि उनले भने, ‘राजनीतिक दलका विषयमा मतान्तर छैनन् । कुनै विषयवस्तुमा कस्तो गर्ने भन्ने विषय छन्, त्यसमा छलफल गर्न सकिन्छ ।’

यस्तै नेकपा (माओवादी केन्द्र) जसरी भएपनि विधेयक अगाडि बढ्नुपर्नेमा छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भनेका छन्, ‘यो यसअघि नै टुङ्गोमा पुग्नुपर्ने विषय हो । अबचाहिँ यो रोकिनु हुन्न । अगाडि बढ्नुपर्छ ।’

त्यसमा सरकारले पनि सहयोग गर्नुपर्ने र दलहरू सकारात्मक निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved