कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको काखमा

नेपालभ्युज

कतारकी राजकुमारी अल्थानी अन्नपूर्ण हिमालको काखमा

म्याग्दी  कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न टोली उक्त स्थानमा पुगेको हो ।

एक हप्ताअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानादेखि अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानी र पुर्जाको टोली ६ हजार सातसय मिटर उचाइमा रहेको क्याम्पमा पुगेको हो । अनुकुल मौसम भए अबको १५ दिनभित्र आरोहण टोलीले अन्नपूर्ण हिमालको आरोहण गर्ने सूचना पाएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

‘‘कतारकी राजकुमारी आस्मा अल्थानी र निर्मल पुर्जासहितको पाँच जनाको आरोहण टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ’’ दानाका पर्यटन व्यवसायी शेरचनले भने, ‘‘अनुकुल मौसम भएमा अबको १५ दिनभित्र हिमाल आरोहण गर्न टोली सफल हुनेछ ।’’ अहिलेसम्म मौसम अनुकुल नै रहेको उनले बताए ।

हिमाल आरोहण गर्न राजकुमारी, पुर्जा र आरोहण टोलीसहितलाई एक हप्ताअघिदानाका स्थानीयहरुले विदाई गरेका थिए । इलाईट ट्रेकिङ  कम्पनीमार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आएकी हुन् ।

आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाएक पूर्जा (निम्स) अल्थानीको आरोहण टोलीको गरेका छन् । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोत्से, आमादम्बा, मनास्लु, केटुलगायतका हिमालको आरोहण गरिसकेककी छिन् ।

राजकुमारीसहितको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेमा स्वदेश तथा विदेशमा प्रचार प्रसार भई पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने अन्नपूर्ण –३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताए । ओझेलमा परेको अन्नपूर्ण आधार शिविरको प्रचार प्रसारमा सहयोग पुग्ने उनको भनाइ छ ।  गोरखापत्र दैनिकबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved