नेपाल र चिनियाँ व्यवसायीको बैठक : नयाँ सम्भावनाको खोजी

नेपालभ्युज

नेपाल र चिनियाँ व्यवसायीको बैठक : नयाँ सम्भावनाको खोजी

काठमाडौं। नेपाल र चीनका उद्योगी, व्यवसायीहरूको बैठक ४ वर्षपछि बसेको छ। सोमबार काठमाडौंको एक होटलमा दुई देशका व्यवसायीको संयुक्त बैठक बसेको हो।

बैठकमा नेपालमा नयाँ व्यापारको सम्भावना, लगानी भित्र्याउने, भइरहेका व्यापारसम्बन्धी समस्या समाधान गर्ने र सीमानाकाको समस्याका बारेमा छलफल हुनुका साथै रोकिएका प्रोजेक्टहरू सञ्चालन गर्ने बारेमा छलफल भएको नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष त्रिभुवन तुलाधरले बताए ।

नेपाल चाइना च्याम्बरका अध्यक्षसमेत रहेका उनले छलफलमा नेपालीहरूलाई भोकेसनल ट्रेनिङ दिने, व्यापारीहरूलाई चिनियाँ भाषा सिकाउन शिक्षकहरू नेपाल पठाउने, रोकिरहेको व्यापार सुचारु गर्ने, उद्योगहरू खोल्ने, नयाँ सम्भावनाहरूको खोजी गर्ने कुरामा पनि छलफल भएको जानकारी दिए ।

अध्यक्ष तुलाधरले चिनियाँ बैंक नेपालमा आउने सम्भावना उच्च रहेको बैठकबाट जानकारी भएको पनि स्पष्ट पारे । उनले बैठकमा दुई देश र दुई देशका व्यापारीहरूको सम्बन्धलाई थप प्रगाढ र सुदृढ गर्ने बारेमा पनि छलफल भएको जानकारी दिए ।

बैठकका लागि सिसिपिआईटी बेइजिङ र सीसीआईओसीका १२ सदस्य टोली नेपाल आएको हो । चीनले नेपाल लगायतका अन्य मुलुकहरूसँग व्यापारिक स्थल खुला गरेको र चीन सरकारले नेपाललाई पर्यटकीय गन्तव्यको सूचिमा राखेसँगै नेपाली उद्योगी, व्यवसायीहरू खुशी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved