नेपाल संवत्लाई मौलिक संवतका रूपमा प्रवर्द्धन गर्नुपर्छ – अध्यक्ष बिजुक्छे

नेपाल संवत्लाई मौलिक संवतका रूपमा प्रवर्द्धन गर्नुपर्छ – अध्यक्ष बिजुक्छे

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मुलुकको मौलिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा आज चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवत्को भित्तेपात्रो विमोचन कार्यक्रममा उहाँले यस संवत्लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सकेमा देशको गौरव बढ्ने विश्वास व्यक्त गरे। अध्यक्ष बिजुक्छेले सबै जाति, समुदायका भेष भूषा तथा संस्कृतिले मुलुकमा सामाजिक सद्भाव र एकता कायम राख्न सहयोग पुर्‍याउने उल्लेख गरे ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राष्ट्रिय संवत्का रूपमा स्थापित नेपाल संवत्का विशेषतालाई प्रचार गर्नुपर्नेमा जोड दिए। पुस्तकालयका अध्यक्ष सुनिल महर्जनले चन्द्रागिरि तथा त्यस आसपास क्षेत्रका स्थानीयवासीलाई विभिन्न सूचना तथा ज्ञान अभिवृद्धि गराउन पुस्तकालयको भूमिका रहेको बताए ।

उक्त पुस्तकालयमा आर्थिक अभावका कारण खोजमूलक कृति सङ्कलन गर्न नसकेको सो अवसरमा महर्जनले जानकारी गराए। कार्यक्रममा नेवारी संस्कृतिर्लाइ समेटेर सङ्कलन गरिएका विभिन्न तस्वीरका प्रदर्शनी गरिनुकासाथै प्रतियोगिताका उत्कृष्टलाई पुरस्कृत गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved