सुर्खेत। बैंकको ब्याजदर घटाउनका उद्योगी तथा व्यवसायीले माग गरेका छन् । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशसभाको छैटौं साधारणसभामा बोल्दै उद्योगी तथा व्यवसायीहरूले बैंकको ब्याजदर घटाए आफूहरू बैंकबाट लिएको ऋण तिर्न तयार रहेको बताएका हुन् ।
उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिका बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठले बैंकको ब्याजदर चर्को भएको र राष्ट्र बैंकको नीतिकै कारणले बैंक चर्को ब्याज लिएको सरकारले नयाँ मौद्रिक नीति ल्याउन माग गरे ।
‘अहिले सरकार र राष्ट्र बैंकका कारणले नै उद्योगी तथा व्यवसायीहरू मार परेका छन् ।’ उनले भने,‘सरकार तथा राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याएर देशमा आएको आर्थिक संकटलाई सच्याउनुपर्छ ।’
नेपालमा लगाएत विश्वमा आर्थिक मन्दी आएको नेपालमा त्यसको लक्षण देखिन थालेको उपाध्यक्ष श्रेष्ठले बताए । ‘अहिले विश्वमा नै आर्थिक मन्दी आएको छ । नेपालमा बैंकहरू ब्याज बढाएका छन् ।’ उनले भने,‘यसको असर अहिले बजारमा देखिन थालेका छन् ।’
आर्थिक विकासका लागि नीजि क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको आर्थिक मन्दीको असर अहिले बजारमा देखिन थालेको यसलाई सच्याउनका लागि सरकारले पहल थाल्नुपर्ने उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बताए ।
‘अहिले अवस्थामा आउनुमा राष्ट्र बैंकको मौद्रिक नीतिले काम गरेको छ ।’ उनले भने,‘विश्वभर प्रायः देशमा दुई अंकको ब्याजदर हुँदैन। पहिले एक अंकमा ऋण लिएका उद्योगी व्यवसायीहरूले अहिले दुई अंकको ब्याज तिर्नु परेको छ ।’
ठूलाबडाहरूलाई अहिलेको आर्थिकको मन्दीको असर नपरेको भएपनि साना व्यवसायी तथा सर्वसाधारणमा आर्थिक मन्दीको असर देखिन थालेको अध्यक्ष शाहीले जानकारी दिए।
अहिले उद्योगी व्यवसायीहरू बैंकको चर्को ब्याजविरुद्ध आन्दोलन गरिरहेको उद्योग वाणिज्य महासंघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए । ‘हामीले बैंकको ऋण तिर्दैनौं भनेका छैनौं ।’ उनले भने,‘ब्याजदर घटाऔं मात्रै भनेका हौं ।’
Facebook Comment
Comment