आशिफ शेखले अर्धशतक हाने,  कुशलसँग एक सय रनको साझेदारी

नेपालभ्युज

आशिफ शेखले अर्धशतक हाने,  कुशलसँग एक सय रनको साझेदारी

काठमाडौं। आईसीसी विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनीसँगको खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । नेपालले राम्रो सुरुवात गरेको छ ।

नेपालका ओपनर आशिफ शेखले ५० रन हानेका छन् । यो समाचार तयार पार्दासम्म उनि ६० रनमा नटआउट छन् । यस्तै कुशल भुर्तेलले ४० रन बनाएका छन्।  नेपालका ओपनरले एक सय रनको साझेदारी गरेका छन ।

। त्रिवी क्रिकेट मैदान कीर्तिपूरमा पीएनजीले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ । यस्तै एकदिवसीय मान्यता जोगाइ राख्न चार मध्ये कम्तिमा दुई वटा खेल जित्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved