काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को टी-ट्वान्टी क्रिकेटको वरीयतामा एक स्थान तल झरेको छ। यसअघि १२ औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताक्रम अनुसार १३ औँ स्थानमा पुगेको छ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ टी-ट्वान्टी वरियता अनुसार नेपाललाई उछिन्दै आयरल्याण्ड १२ औँ स्थानमा उक्लिएको छ। नेपाल आईसीसीको टेष्ट मान्यता प्राप्त बाहेकका राष्ट्र मध्ये भने वरीयतामा शीर्ष स्थानमै छ।
आईसीसी टी-ट्वान्टी वरियताक्रममा इङ्गल्याण्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन्। एकदिवसीय (ओडीआई) वरीयतामा भने नेपाल १६ औँ स्थानमा यथावत छ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय टिम अहिले ओमानमा छ।
नेपालले २८ भदौदेखि आयोजक ओमन र अमेरिकासँग दुई दुई वटा एकदिवसीय खेल खेल्दैछ। त्यसअघि पीएनजीसँग अभ्यास स्वरुप २ एकदिवसीय खेल खेल्ने कार्यक्रम छ।
Facebook Comment
Comment