काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरूले होली पर्व मनाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयको आयोजनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरूले आपसमा रङ दलेर होली पर्व मनाएका हुन्।
पात्रोअनुसार पहाडमा सोमबार (भोलि) र तराईमा मंगलबार होली पर्व मनाइने भए पनि होली पर्वको पूर्वसन्ध्यामा आजै नेताहरूले होली पर्व मनाएका हुन्।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा ‘होली मिलन समारोह’को ब्यानरमा आयोजित कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरूसहित दर्जनौँ पार्टी कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष ठाकुर, नेता महतोले उपस्थित सदस्यहरूलाई होली पर्वको शुभकामना दिएका थिए। समारोहमा एक–आपसमा रंगहरु दलेर उत्सव मनाइएको थियो भने बाजागाजासहित गीत पनि गाइएको थियो ।
Facebook Comment
Comment