अष्ट्रेलियामा ७० करोड डलर बराबरको लागुऔषध बरामद, इतिहासकै ठूलो परिमाण भएको दाबी

नेपालभ्युज

अष्ट्रेलियामा ७० करोड डलर बराबरको लागुऔषध बरामद, इतिहासकै ठूलो परिमाण भएको दाबी

एजेन्सी। अष्ट्रेलियाको प्रहरीले ७० करोड डलर बराबरको लागु औषध बरामद गरेको छ ।

लामो समयदेखि गुप्तचर अपरेशनपछि मेक्सिकोबाट आएको करिब ७० करोड डलर मूल्यको लागुऔषधलाई अष्ट्रेलिया पुग्नबाट रोकेको बीबीसी हिन्दीले जनाएको छ ।

यो अष्ट्रेलियामा पक्राउ परेको सबैभन्दा ठूलो परिमाणको लागूऔषध हो । अपरेसन बिच नामको प्रहरीको यो खुफिया अभियान गत नोभेम्बरमा दक्षिण अमेरिकाको तटबाट प्रहरीले २ दशमलव ४ टन लागुऔषध बरामद गरेपछि सुरु भएको हो ।

मेक्सिकोबाट लागुऔषध तस्करहरूले यो खेप अष्ट्रेलिया पठाइरहेका थिए। खुफिया अभियानमा संलग्न एक प्रहरी अधिकारीले भने, “गत वर्ष नोभेम्बरमा हामीलाई २ दशमलव ४ टन कोकिन अस्ट्रेलियामा पठाइँदैछ भन्ने जानकारी आएको थियो।’

अधिकारीले भने, ‘अमेरिकी कोस्ट गार्डको सहयोगमा करिब तीन टन कोकिनको प्याकेट इक्वेडरको तट नजिकै नियन्त्रणमा लिइएको थियो।’

इक्वेडरमा कोकेन बरामद गरेपछि  गुप्त अष्ट्रेलियाका पुलिस अधिकारीहरूले  यसलाई लिनको लागि किनारमा आएका १२ जनालाई पक्राउ गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved