फेरि रोकियो लुम्बिनी प्रदेशसभाको बैठक

नेपालभ्युज

फेरि रोकियो लुम्बिनी प्रदेशसभाको बैठक

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले)को अवरोधका कारण पटक-पटक स्थगित हुँदै आएको छ ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दा बैठक स्थगित हुँदै आएको हो ।

यसअघि, भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved