धनगढीमा एक फर्निचर उद्योगमा आगलागी, ३० लाख बराबरको क्षति

नेपालभ्युज

धनगढीमा एक फर्निचर उद्योगमा आगलागी, ३० लाख बराबरको क्षति

धनगढी। धनगढीमा एक फर्निचर उद्योगमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा रहेको न्यु लक्ष्मी समिल तथा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

टिनको ट्रस्ट बनाउने क्रममा ब्लिडिङ मेसिनबाट निस्किएको आगोको झिल्काले आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले धनगढी ६ स्थित ढुङ्गेबजारस्थित धर्मराज जोशीले सञ्चालन गरेको उक्त उद्योगमा आगलागी भएको बताए।

आगलागीबाट मानवीय क्षति नभए पनि करिब २५ देखि ३० लाखको क्षति भएको छ । डीएसपी चन्दले अहिले क्षतिको विवरण संकलन भइरहेको बताएका छन्।

आगलागीबाट क्षतिको थप विवरण भने आउन बाँकी रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved