काठमाडौं। प्रदेशको नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुनेछ । कोसी नामको प्रस्तावलाई अब सभामुख बाबुराम गौतमले मतदानमा लैजाने छन्।
नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । उक्त प्रस्तावको विपक्षमा भने चार जनाले मात्रै हात उठाए ।
दुईतिहाइ भन्दा बढी सदस्यहरूले पक्षमा हात उठाएपछि उक्त प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने संसद सचिवालयले जनाएको छ । नेकपा एस र जसपाले राखेको ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश नामको प्रस्तावमा भने छलफल नै नहुने भएको छ । यो प्रस्ताव अस्वीकृत भइसकेको छ।
प्रदेशको नाम कोसी प्रदेश हुनुपर्नेमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले समर्थन गरेका हुन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेका थिए ।
समाजवादीका संसदीय दलका नेता पूर्वमुख्यमन्त्री राजेन्द्र राईले राखेको प्रस्तावमा उनले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए । कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।
Facebook Comment
Comment