काठमाडौँ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) श्यामलाल ज्ञवालीले आफ्नो नागरिकतामा शंका गर्नुपर्ने कुनै आधार नरहेको स्पष्ट पारेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञवालीले नागरिकतामा उल्लेख भएको उमेर र प्रहरी सेवा प्रवेश गर्दाको उमेर नमिलेको भन्दै शङ्कास्पद मानेर उजुरी परेपछि ज्ञवालीले आफ्नो नागरिकतामा शंका गर्नुपर्ने कुनै आधार नरहेको बताएका हुन्।
ज्ञवालीको नागरिकता अभिलेख हेर्दा जिल्ला प्रशासन कार्यालय प्युठानबाट २०४१ चैत २१ मा जारी भएको देखिन्छ। नागरिकता जन्ममिति उल्लेख नगरे पनि १७ वर्ष भनिएको छ।
तर, प्रहरी मुख्यालयले राखेको रेकर्ड र सिटरोलमा ज्ञवालीको जारी मिति २०४१ चैत २१ र शैक्षिक योग्यतामा उल्लेख भएको जन्ममिति २०२५ भदौ २६ छ। यसरी नागरिकता र प्रहरी सिटरोलमा उल्लेख भएको नम्बर हेर्दा पाँच महिना पाँच दिन फरक परेको देखिन्छ।
ज्ञवाली भन्छन्, ‘मेरो प्रहरीको सिटरोल र नागरिकतामा उल्लेख भएको जन्म मिति एउटै छ । छानबिनबाट देखिने पनि त्यही हो ।’
प्रहरी नियमावलीमा कुनै प्रमाण पत्रमा वर्ष मात्रै उल्लेख भएको र अर्को प्रमाणपत्रमा पुरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिहरुको बीचमा एक वर्षभित्रको अन्तर देखिएमा पुरा खुलेको जन्ममितिको आधारमा जन्ममिति कायम गरिने उल्लेख छ।
Facebook Comment
Comment