निर्माता छवि ओझाको आधा सम्पत्ति पाउनेगरी नायिका शिल्पाले जितिन् मुद्दा

तर, शिल्पाले झन्डै १० करोड ऋण व्यहोर्नुपर्छ

अदालतको फैसलाअनुसार शिल्पाले झन्डै १० करोड ऋण व्यहोरेर मात्रै आधा सम्पत्ति पाउने देखिन्छ। छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ ।

नेपालभ्युज

निर्माता छवि ओझाको आधा सम्पत्ति पाउनेगरी नायिका शिल्पाले जितिन् मुद्दा

काठमाडौं। नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको सम्बन्धविच्छेद मुद्दा टुंगिएको छ । नायिका पाखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेकी थिइन्।

जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने गरी फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ। अदालतको फैसलापछि शिल्पाले न्याय पाएको भन्दै खुसी व्यक्त गरेकी छन् भने निर्माता छवि चुपचाप छन्।

छविले चौथो श्रीमतीका रूपमा शिल्पासँग बिहे गरेका थिए । दैनिकजसो घर झगडा, कुटपिट र शंका गर्ने गरेको भन्दै छविविरुद्ध शिल्पाले सार्वजनिक रूपमै गालीगलौज समेत गरेकी थिइन्। यही कारण विवाद बढ्दै गएपछि उनीहरूको वैवाहिक जीवन लामो समय टिक्न सकेन र अदालतसम्म पुगेर सम्बन्धविच्छेद भयो।

शिल्पाले छविसँग सम्बन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन्। शिल्पाको मुद्दामा आइतबार अबेर फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति आधा पाउने र शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने भनेको छ।

अदालतको फैसलाअनुसार शिल्पाले झन्डै १० करोड ऋण व्यहोरेर मात्रै आधा सम्पत्ति पाउने देखिन्छ। छविको जायजेथा र ऋणको सबै लेखाजोखा भइसकेको छ । छविले आफ्नो ऋण २० करोडभन्दा माथि देखाएको बताइएको छ । छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले पाउने छिन् ।

यसैगरी, छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ । छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ । तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved