बैंकहरूको चर्को ब्याजदरविरुद्ध भोलिदेखि सुदूरपश्चिममा चरणबद्ध आन्दोलन

नेपालभ्युज

बैंकहरूको चर्को ब्याजदरविरुद्ध भोलिदेखि सुदूरपश्चिममा चरणबद्ध आन्दोलन

धनगढी। बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा भोलिबाट चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।

आज कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा भोलिबाट प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन गर्ने निर्णय भएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

भोलिदेखि बिहान ११ बजेसम्म बजार बन्द गर्ने २० गते सम्म बैंकमा बचत नगर्ने लगायतका आन्दोलन गर्ने कुँवरले बताए ।

‘हामी लामो समयदेखि आन्दोलनमा थियौँ सरकारले चासो दिएको छैन’ अध्यक्ष कुवरले भने, ‘अझै समस्याको समाधान नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । ’ भोलि बिहान ९ बजेदेखि धनगढी चौराहाबाट आन्दोलन सुरु गर्ने र अन्य आन्दोलनका कार्यक्रम पनि हुँदै जाने वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved